रुपन्देहीमा अध्यादेश विरुद्ध युवा बिद्यार्थीको प्रदर्शन



रुपन्देही,भदौ ४ । प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले ल्याएको पार्टि बिभाजन गर्ने अध्यादेश विरुद्ध प्रदर्शन भएको छ।

बिहिबार रुपन्देहीको देवदहमा अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपालले संयुक्त रुपमा विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनमा उत्रीएका विद्यार्थीहरुले देवदह आदर्श क्याम्पसको गेटमा सरकारले ल्याएको अध्यादेश जलाएका थिए ।

अनेरास्ववियुका केन्द्रीय सदस्य तथा देवदह आर्दश क्याम्पसका स्ववियु सचिव अर्जुन गैरे, केन्द्रीय सदस्य नविन गैरे, प्रविन गौडेल, देवदह नगर कमिटी अध्यक्ष सुरज भट्टराई लगायतले परमादेशबाट बनेको गठबन्धनको सरकार जनताप्रति उत्तरदायी नभएको आरोप लगाए। बर्तमान सरकारले देशी विदेशी शक्तिलाई खुशी बनाउन अलोकतान्त्रिक र असंवैधानिक गतिविधिमा आफ्नो ध्यान केन्द्रीत गरेको आरोप लगाएका थिए ।

त्यस्तै देवदहको एमाले पार्टी कार्यालयबाट मसाल सहित निस्केको युवाहरुको जुलुस बजार परिक्रमा गरी खैरेनी चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।

राष्ट्रिय युवा संघ नेपाल दवदह नगरको आयोजनामा भएको प्रर्दशनमा गठबन्धन सरकारका विरुद्ध चर्का नारा लगाएका थिए । उनिहरुले उक्त अध्यादेश तुरुन्त फिर्ता गरी असंवैधानिक कार्यहरु समेत फिर्ता गर्न जोडदार माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्