मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यद्वारा शपथ ग्रहण
काठमाडौं,भदौ २ । वाग्मती प्रदेशकी नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पद तथा गोपनियताको शपथ ग्रहण गरेकी छिन् ।
केहि समय अघि एक कार्यक्रमकाबीच प्रदेश प्रमुख प्रमुख विष्णु प्रसाद प्रसाईले मुख्यमन्त्री शाक्यलाई शपथग्रहण गराएका हुन् ।
मुख्यमन्त्री डोरमणि पौडेलले बुधबार राजीनामा दिएपछि बसेको एमाले बागमती प्रदेश संसदीय दलको बैठकले संसदीय दलको नेतामा शाक्यलाई चयन गरेको थियो ।