एमाले विभाजित : नाम रह्यो एमाले समाजवादी, चुनाव चिन्ह ‘खुला किताब



काठमाडौं,भदौ २ । सरकारले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ जारी गरे लगत्तै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) विभाजित भएको छ ।

बुधबार मात्र राष्ट्रपति विद्यादेवी भण्डारीले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्याएको खण्डमा दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेकी थिइन ।

त्यसलगत्तै वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो नेतृत्वमा नयाँ दल ‘नेकपा एमाले समाजवादी’ बनाउने निर्णय गरेका हुन । ‘नेकपा एमाले समाजवादी’ दर्ताका लागि माधव नेपाल समूह निर्वाचन आयोगतर्फ लागेको उल्लेख छ ।

‘नेकपा एमाले समाजवादी’ पार्टीको संयोजकमा माधव नेपाल छन्, भने ९५ सदस्यीय केन्द्रीय कमिटी हुनेछ । त्यस्तै चुनाव चिन्ह भने खुला किताब प्रस्ताव गरिएको छ।

प्रतिक्रिया दिनुहोस्