पत्रकार बिष्टलाई मातृशोक
काठमाडाैँ,भदौ २ । पत्रकार महेन्द्र बिष्टलाई मातृशोक परेको छ। नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष एवं सल्लाहकार डा. महेन्द्र विष्टलाई मातृशोक परेको हो ।
बिष्टकी ८३ वर्षीया माता पूर्णमाया विष्टको भाद्र १ गते मंगलबार साँझ काठमाडौंस्थित मेडिकेयर अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
उनी दम रोगबाट पीडित थिइन । स्वर्गीय विष्टका श्रीमान, ५ छोरा र १ छोरी छन् । उनको निधनप्रती पत्रकार महासंघले दुख व्यक्त गरेको छ।