एमाले नुवाकोटले दल विभाजनसम्बन्धी अध्यादेशको डटेर प्रतिवाद गर्ने
नुवाकोट,भदौ २ । नेकपा एमाले नुवाकोटले दल विभाजन सम्बन्धी अध्यादेशको डटेर प्रतिवाद गर्ने जनाएको छ ।
एमाले नुवाकोटका अध्यक्ष बद्री मैनालीले एक विज्ञप्ति जारी गर्दै सरकारको गलत कामको प्रतिवाद गर्ने जनाएका हुन । विज्ञप्तिमा नागरिकका लागि कोरोनाविरूद्धको खोप सुनिश्चत गर्न लाग्नुपर्नेमा सरकार लोकतन्त्र र संविधानका व्यवस्थामाथि प्रहार गर्न लागि परेको भन्दै आपत्ति प्रकट गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको कारण विश्वजगतसँगै नेपाल पनि आक्रान्त रहेको अवस्थामा नेपालीलाई पनि कोरोनाविरूद्धको खोप दिएर सुरक्षित बनाउनुपर्ने समयमा शेरबहादुर देउवा नेतृत्वको सरकार भने दलहरू विभाजन गराउनका लागि अध्यादेश ल्याएर लोकतन्त्रको खिल्ली उडाइरहेको छ ।’