खलंगामा १५ शैय्याको अस्पताल भवन बनाउन श्रेष्ठ दम्पतीले दिए जग्गादान



प्युठान,भदौ १ । प्युठानको मल्लरानी गाउँपालिका वडा नंवर ४ खलंगामा १५ शय्याको आधारभुत अस्पताल भवन निर्माणका लागि स्थानीय बिश्वनाथ श्रेष्ठले नीजी जग्गा दान गर्नुभएको छ ।

हाल काठमाडौंमा बसिरहेको श्रेष्ठले खलंगा प्राथामिक स्वास्थ्य केन्द्र प्युठानलाई १५ सैयाको आधारभूत अस्पताल निर्माण गर्न आवश्यक पर्ने १ रोपनी ८ आना जग्गा निशुल्क प्रदान गर्नुभएको हो। जग्गादाता श्रेष्ठले सोमबार स्वास्थ्य केन्द्रको नाममा उक्त जग्गा रजिस्ट्रेसन पास गरिदिएको जानकारी दिनुभयो।

उहाले भन्नुभयो,’मेरो नाममा रहेको जग्गामा १५ शैयाको अस्पताल निर्माण हुने भएपछि गर्व लागेको छ।’ अस्पताल भवन निर्माणका लागि टेण्डर प्रक्रिया भईरहेको र छिट्टै निर्माण संझौता हुने मल्लरानी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बालकृष्ण थापाले जानकारी दिनुभयो।

स्वास्थ्य केन्द्रलाई जग्गा प्राप्तिका लागि खलंगा सरोकार समुहले विशेष पहल गरेको समुहका संयोजक मनोजकुमार श्रेष्ठले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्