कम्बोडिया पठाइदिन्छु भनि ठगी गरेको अभियोगमा पक्राउ



काठमाडौं,साउन ३२ । कम्बोडिया पठाइदिन्छु भनि रकम ठगी गरेको अभियोगमा एकजना युवकलाई प्रहरीले पक्राउ गरेको छ। तारकेश्वर नगरपालिका फुटुङ बस्ने काभ्रे महाभारत गाउँपालिका-१ गोकुले घर भएका २८ वर्षीय मिनध्वज भन्ने विचारमान मोक्तानलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरी टोलीले  उनलाई काठमाडौं नयाँबानेश्वरबाट पक्राउ गरेको हो।

विचारमान समेतका व्यक्तिहरूले बिभिन्न ६ जना पीडितहरुलाई भिजिट भिषामा कम्बोडिया जान प्रतिव्यक्ति ६ लाख ५० हजार लाग्ने र कम्बोडिया पुगेपछि क्यासिनोमा ‘बोस गार्ड’मा काम लगाईदिने प्रलोभनमा पारी उनीहरूबाट ३९ लाख रुपैयाँ लिई सम्पर्क विहिन भएका थिए ।

उनलाई थप अनुसन्धानको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्