नुवाकोटमा जारी निषेधाज्ञा भदौ १० गतेसम्म लम्बियो



नुवाकोट,साउन ३२ । जिल्लामा जारी निषेधाज्ञा भदौ १० गतेसम्म लम्बाइएको छ । कोरोना संक्रमणसर र मृत्यु दरमा कमि नआएको भन्दै जिल्लामा निषेधाज्ञा समयावधि थपिएको हो ।

भोलि सोमबार राति १२ बजेदेखि भदौ १० गते राति १२ बजेसम्मको लागि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा थप गरेको जनाइएको छ । निषेधाज्ञाको वेवास्ता गर्नेलाई प्रचलित कानुनबमोजिम कारबाही गर्ने चेतावनी समेत प्रशासनले दिइएको छ ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र संक्रमण रोग ऐन २०२० को दफा २ बमोजिम निषेधाज्ञा जारी गरेको हो । निषेधाज्ञाको समयमा औषधि उपचार, खाद्यवस्तु, तरकारी खरिदजस्ता अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन पनि आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्