पञ्चकन्या गाउँपालिकाले गरायो निजी तथा गैरसरकारी स्वास्थ्य संस्थालाई ध्यानाकर्षण
नुवाकोट,साउन ३२ । पञ्चकन्या गाउँपालिकाले निजी तथा गैरसरकारी स्वास्थ्य संस्थालाई ध्यानाकर्षण गराएको छ।
गाउँपालिकाले एक ध्यानाकर्षण पत्र जारी गर्दै सेवा क्षेत्रमा रहेका निजी तथा गैरसरकारी स्वास्थ्य संस्थालाई गाउँपलिकाको अनुमति बिना कोभिड परीक्षण नगराउन भनेको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमनारायण महतोद्वारा हस्ताक्षरित पत्रमा कोभिडजन्य परीक्षण, औषधि बिक्रीवितरण गरिएको पाइएमा प्रचलित कानुन बमोजिम कार्वाही गरिने बताइएको छ।