अफगानिस्तानका राष्ट्रपति गानीले देश छाडे



एजेन्सी,साउन ३१ । अफगानिस्तानका राष्ट्रपति अशरफ गानीले देश छाडेका छन् । विद्रोही संगठन तालिवानले धम्की दिएपछि उनले देश छाडेको अफगानी अधिकारीलाई उधृत गर्दै बीबीसीले जनाएको छ ।

सुरक्षाका कारण देखाउँदै अधिकारीहरुले थप जानकारी नदिए पनि उनी ताजकिस्तानतर्फ लागेको समाचार एजेन्सीहरुले जनाएको छ ।

पछिल्लो केही दिनयता अफगानिस्तानका धेरै शहरमाथि विद्रोही संगठन तालिवानले आफ्नो नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्