पाल्पामा एकैदिन थप २ सय जनामा कोरोना पुष्टि
पाल्पा,साउन ३१ । जिल्लामा एकैदिन दुई सय जनामा कोरोना सङ्क्रमण पुष्ट्री भएको छ ।
स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीका अनुसार पिसिआर परिक्षणमा १० जना र एन्टिजिन परिक्षणमा १९० जना गरि कुल २ सय जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो।
जिल्लाभरका स्थानिय तहमा आज १९ जना पिसिआर र ७ सय ४६ जनाको एन्टिजिन परिक्षण गरिएको पन्थीले बताउनुभयो ।
पाल्पामा आईतबार कोरोना मुक्त हुनेको संख्या जम्मा १३२ जना रहेका कार्यालयले बताएको हो । यो संगै जिल्लामा अहिले सम्म सक्रीय संक्रमितको संख्या ५ सय ८ पुगेको छ । त्यसमध्ये ४ सय ४४ जना होम आइसोलेसनमा रहेका छन भने ६४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।