दृष्टिविहिन मिर्गौला पीडित रामबहादुरद्वारा सहयोगको अपिल
काठमाडौ, साउन ३१ । दृष्टिविहिन मिर्गौला पीडित रामबहादुर मुखियाले सहयोगको अपिल गरेका छन् । ओखलढुंगा जिल्लाको खिजिदेम्ब गाउँपलिका वडा नम्बर १ स्थायी घर भइ चन्द्रागिरी नगरपालिका मातातिर्थमा बस्दै आएका मुखियाले उपचारका क्रममा खर्च अभाव भएकाले सबैले सक्दो खर्च जुटाइदिन आग्रह गरेका हुन।
दुबै आँखा देख्न नसक्ने उनी श्रीमतीको सहारामा एक आश्रममा बसिरहेका छन्। विगत ४ वर्ष देखि दुबै मिर्गौला गुमाएका उनी हाल वीर अस्पतालमा नियमित डायलसिस गर्दै आइरहेका छन् । मातातिर्थदेखी अस्पताल आउजाउ गर्न निकै संघर्षमय भएकाले आवश्यक रकम जुटेको खण्डमा मिर्गौला प्रत्यारोपण गर्ने उनको धोको रहेको हामीसंगको वार्तालापमा मुखियाले बताए।
मुखियालाई सहयोग गर्न चाहने महानुभावले कृषि विकास बैंक कलन्की शाखाको खाता नम्बर ०२११००००४६३७८०१२ नम्बरमा रकम जम्मा गर्न सकिनेछ। मुखियाको सम्पर्क नम्बर ९८४१९८६९४६ र ९८१३०४९२३८ रहेको छ।
सहयोग अपिलसहितको मुखियासंगको कुराकानी हेर्नुस्