खुल्यो छहरे-टोखा सडकखण्ड



नुवाकोट,साउन ३० । अवरुद्ध छहरे-टोखा सडकखण्ड खुलेको छ। अस्थायी प्रहरी पोस्ट छहरेका असई रामबहादुर घिसिङको टोलीले शिवपुरीस्थित काफलडाँडा नजिक गएको पहिरो पन्छाई सडक सुचारु गरेको हो । सडक बनाउन छहरे-टोखा सडकखण्डको डोजर समेत प्रयोग गरिएको थियोे।

शनिबार गएको पहिरोले एक मिनी ट्रक आइचर समेत बगाएको बगेको थियो । पहिरोका कारण काठमाडौ नुवाकोट आवातजावत गर्ने सवारी साधन बिचैमा रोकिएका थिए ।

सडक सुचारुसंगै रोकिएका सवारीसाधन सञ्चालनमा आएका छन् ।

प्रतिक्रिया दिनुहोस्