अर्घाखाँचीमा पहिरोले पुरिएर एक जनाको ज्यान गयो
अर्घाखाँची,साउन ३० । अर्घाखाँचीमा पहिरोले पुरेर एक जनाको ज्यान गएको छ।
पाणिनी गाउँपालिका–५ मैदानमा खसेको पहिरोमा परि धातिवाङ्ग घर भएका अन्दाजी ४५ वर्षका मानबहादुर सुनारको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताउनु भयो ।
स्थानीय मेघराज घिमिरेको घरमा प्लास्टर गर्ने क्रममा शुक्रबार बेलुका ५ बजेतिर घर माथिबाट आएको पहिरोमा पुरिनु भएको हो ।