गुल्मीमा चट्याङ लागेर महिलाको मृत्यु



गुल्मी,साउन २८ । गुल्मीमा चट्याङ लागेर एकजना महिलाको मृत्यु भएको छ । जिल्लाको मालिका गाउँपालिका वडानम्बर-२ पाटाखर्ककी २८ वर्षीया कमला पट्टेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले बताउनु भयो ।

पट्टेललाई बुधबार बेलुकी घरमै बसिरहेको बेला चट्याङ लागेर घाइते बनाएको थियोे । घाइतेलाई घरमै रहेको र बिहीबार बिहान मृत्यु भएको पाण्डेले बताउनु भयो । घटना स्थल गुल्मी जिल्लाको सिमाना क्षेत्र रहेकोले प्रहरी टोली जाँदै छ ।

बुधबार नै गुल्मी जिल्लाको ईस्मा गाउँपालिकाको वडानम्बर-४ का विभिन्न स्थानमा परेको चट्याङले ११ वर्षका राहुल गन्धर्व मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए । घाईते मध्ये ३ जनाको पाल्पामा उपचार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्