लुम्बिनी बाणिज्य क्याम्पसमा तोडफोड, अनेरास्ववियुद्दारा गंभीर ध्यानाकर्षण



बुटवल,साउन २६ । सत्तापक्षीय विद्यार्थी संगठनले बुटवलको लुम्बिनी बाणिज्य क्याम्पसमा तोडफोड गरेका छन् । नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी), अखिल(छैठौं) र अखिल(क्रान्तिकारी) सम्बद्ध विद्यार्थीहरुले क्याम्पसको प्रशासनिक भवनमा मंगलबार बिहान तोडफोड गरेका हुन् ।

तोडफोड्पछी विज्ञप्ती निकाल्दै लुम्बिनी वाणिज्य क्याम्पसले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको एमबीएस र बीबीएस हटाउने निर्णयको संयुक्त विद्यार्थी संगठनले विरोध गर्दै आएको र त्यस्को पनि बेवास्ता गर्दै अटोनोमस अन्तर्गतका एमबीएस-एफ र एमबीए-बीएफको प्रवेश परीक्षा फारम खुलाएर अवज्ञा गरेको हुँदा विद्यार्थीहरुद्वारा क्याम्पस प्रशासनमा तोडफोड भएको जनाईएको छ। यसैबिच, नेकपा एमाले सम्बद्द अनेरास्वबियुले क्याम्पसमा भएको तोडफोडको बिरोध गरेको छ। अनेरास्वबियुले एक प्रेस बिज्ञप्ती मार्फत विभिन्न पार्टिका भातृ सङ्गठनहरुले गरेको तोडफोड प्रती आफ्नो गंभिर ध्यानाकर्षण भएको जनाएको छ।

अनेरास्ववियु लुम्बिनी वाणिज्य क्यापस कमिटी अध्यक्ष
निरज आचार्यद्दारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ।’सङ्गठनका नाममा क्यापसको सम्पती माथी तोडफोड गर्दै अराजक गतिविधि , प्रदर्सन गर्नु अत्यन्तै निन्दनीय कार्य हो ।’

बिज्ञप्तीमा यस्ता अराजक गतिविधिलाई कुनै पनि प्रकारको राजनितीकरण नगर्न र क्यापसमा रहेको सिसिटिभीको रेकर्ड सार्वजनिक गरि तोडफोडमा संलग्नहरुलाई कानुनी दायरामा ल्याई कारबाही गर्न माग समेत गरिएको छ।

प्रतिक्रिया दिनुहोस्