उपत्यकामा सवारी साधन सञ्चालनबारे यस्तो आयो सूचना



काठमाडौं, साउन २६ । सरकारले उपत्यकामा साँझ ८ बजेपछि रातभर सवारी साधन चल्न निषेध गरेको छ । कोरोना संक्रमण वृद्धिसँगै मंगलबार उपत्यकाका तीनवटै जिल्लाका प्रशासन कार्यालयहरुले सूचना जारी गरी बेलुका ८ बेजे भित्र सवारी साधानहरु आफ्नो गन्तव्यमा पुगिसक्नुपर्ने उल्लेख गरेका हुन् । यो निषेधाज्ञा २८ साउनबाट लागू हुने जनाइएको छ ।

जिल्ला प्रशासन कार्यालयहरुको सुचनामा भनिएको छ,‘अत्यावश्यक बाहेकका अन्य निजी एवं सार्वजनिक सवारी साधनहरु बेलुका ८ बजे भित्र आफ्नो गन्तव्यमा पुगिसक्नु पर्नेछ ।’

यद्यपि निर्माण सामाग्रीहरुलाई साँझ ९ बजेदेखि विहान ५ बजेसम्म उपत्यकाभित्र चल्न छुट दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्