जनमतबाट फेरि प्रधानमन्त्री बन्ने ओलीको दावी
काठमाडौं,साउन २६ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू असाधारणबाट जनमतका साथ फेरि प्रधानमन्त्री बन्ने दावी गरेका छन् ।
मंगलबार प्रतिनिधिसभामा बोल्दै ओलीले आफ्नो काम हेरेर जनताले मन पराएकाले आफू पुनः प्रधानमन्त्री बन्ने दावी गरेका हुन ।
ठट्यौली पारामा ‘म झ्यालबाट होइन, जस्केलाबाट होइन, छिँडीबाट होइन, भेन्टिलेटर तिरबाट होइन, मूल ढोकाबाट, मूल बाटोबाट आउनेछु’ भन्दै देशको सेवाका लागि आफू जन्मिएको बताएका छन् ।