नुवाकोटमा ५८ हजार बढीले लगाए कोरोनाविरुद्धको खोप
नुवाकोट,साउन २६ । जिल्लामा कोरोना भाइरसविरुद्धको खोप लगाउनेको संख्या ५८ हजार बढी पुगेको छ। जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटका खोपअधिकृत राजाराम कार्कीका अनुसार कोभिड–१९ को नियन्त्रणका लागि सरकारद्वारा संचालित खोप अभियान अन्तर्गत जिल्लामा ५८ हजार सातसय ४८ जनाले कोरोना विरद्धको खोप लगाएका हुन।
खोप लिएकामध्ये हाल सम्म जिल्लामा भेरोसिल खोपको पहिलो मात्रा २५ हजार एकसय ९५ जनाले लगाएका छन् । त्यस्तै कोभिशिल्डको पहिलो मात्रा २२ हजार ५५ जनाले लगाएको कार्यालयले तथ्यांकमा उल्लेख गरेको छ । उनका अनुसार कोभिसिल्डको दोस्रो डोज चार हजार दुई सय ४३ जनाले लगाएका छन् ।
भेरोसिलको दोस्रो मात्रा ८ हजार ६ सय १० जनाले लगाएका छन् । कोभिशिल्डको पहिलो मात्रा लगाएका १७ हजार आठसय १२ जना र भेरोशिलको पहिलो मात्रा लगाएका १८ हजार तीनसय ८५ जनाले दोश्रो मात्रा लगाउनै वांकी रहेको छ । कोभिशिल्ड र भेरोशिल दुवै गरी ३६ हजार एकसय ९७ जनाले लगाउन वांकी रहेको खोप अधिकृत राजाराम कार्कीको भनाई छ । उनका अनुसार हालसम्म एउटामात्र मात्रा लगाए हुने जोन्सन एण्ड जोन्सनको खोप ११ हजार चारसय ९८ जनाले लगाएका छन् । जिल्लामा कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएर दोस्रो मात्रा कुरिरहेका १७ हजार ८ सय १२ जना रहेका छन् ।