कर्मचारीको बढेको नयाँ तलबमान स्वीकृत



काठमाडौं,साउन २६ । सरकारले कर्मचारीको बढेको नयाँ तलबमान स्वीकृत गरेको छ । सोमवार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, नेपाल स्वास्थ्य सेवा, संसद् सेवा, विद्यालयमा कार्यरत शिक्षक, प्रदेश र स्थानीय तहका कर्मचारीका लागि साउन १ गतेदेखि लागू हुनेगरी नयाँ तलबमान स्वीकृत गर्ने निर्णय गरेको हो ।

यस्तै, बैठकले परराष्ट्र सेवा राजपत्रांकित द्वितीय श्रेणीका उपसचिवहरू सुशील भट्टराई, घनश्याम लम्साल र तेजबहादुर क्षेत्रीलाई नेपाल परराष्ट्र राजपत्रांकित प्रथम श्रेणीमा बढुवा गरी परराष्ट्र सेवाअन्तर्गत पदस्थापन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार हेलो सरकार गुनासो व्यवस्थापन निर्देशिका २०७८ छलफलका लागि मन्त्रिपरिषद् प्रशासन समितिमा पठाइने, विशेष आर्थिक क्षेत्र पहिलो नियमावली २०७८ छलफलका लागि मन्त्रिपरिषद् प्रशासन समितिमा पठाउने, माथिल्लो त्रिशूली जलविद्युत् आयोजना जग्गा प्राप्तिका गर्ने र प्रारम्भिक आयोजना चलाउन सोही आयोजनाका सहायक प्रशासक कमलबहादुर बोगटीलाई अधिकारी तोक्ने समेत निर्णय गरेको छ । यस्तै सैनिक सेवा चौथो संशोधन नियमावली २०७८ संशोधन मन्त्रिपरिषद् विधेयक समितिमा पठाउने, नेपाल कृषि तथा वन सेवा राजपत्रांकित विशिष्ट श्रेणीको पदमा बढुवा समितिको सिफारिश अनुसार साउन २४ को सिफारिश अनुसार प्रथम श्रेणीका सहसचिव गोविन्दप्रसाद शर्मालाई कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा पदस्थापना गर्ने समेत निर्णय गरिएको छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्