एमसीसी अघि बढाउन राजदूत बेरीको आग्रह



काठमाडौं,साउन २६ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले शिष्टाचार भेट गरेका छन् ।मन्त्रालयमा सोमवार भएको भेटको अवसरमा राजदूत बेरीले ऊर्जा एवं जलस्रोतका क्षेत्रमा नेपाललाई आफ्नो देशको आर्थिक तथा प्राविधिक सहयोग रहेको भन्दै आगामी दिनमा थप सहकार्य हुने विश्वास व्यक्त गरे ।

अमेरिका मानव विकास संसाधन एवं बहुपक्षीय सहयोगमा सक्रिय रहँदै आएको उल्लेख गर्दै राजदूत बेरीले जलवायु परिवर्तनका मुद्दामा थप सहकार्य गरिने बताए । साथै ऊर्जाको विकासका लागि मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसस्सी) अगाडि बढाउन पहल गरिदिन उनले मन्त्री भुसालसँग आग्रह गरे ।

मन्त्री भुसालले नेपालको विकास निर्माण र विपद्का बेला अमेरिकी सरकार र जनताले पुर्‍याएको सहयोग महत्त्वपूर्ण रहेको बताइन् । एमसीसीबारे राजदूतले गरेको आग्रहप्रति उनले जनता र राष्ट्रको हितमा नेपालले सहयोग स्वीकार गर्ने धारणा राखिन् ।आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्