सामसङको अनौठो उत्पादन, पट्याउन मिल्ने स्मार्टफोन सार्वजनिक गर्ने तयारी
एजेन्सी,साउन २६ । दक्षिण कोरियाली स्मार्टफोन निर्माता कम्पनी सामसङ इलेक्ट्रोनिक्सले पट्याउन मिल्ने स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।
कम्पनीले ‘ग्योलेक्सी अनप्याक्ड’ मार्फत् आउँदो अगस्ट ११ अर्थात् आगामी बुधवार उक्त फोन सार्वजनिक गर्न लागेको हो ।
कम्पनीले आफ्नो वार्षिक कार्यक्रममा फोल्ड गर्न मिल्ने स्मार्टफोन सार्वजनिक गर्न लागेको हो । कम्पनीले विभिन्न अन्तरराष्ट्रिय सञ्चार माध्यमहरुलाई एउटा इभेन्टको आयोजना गर्न लागेको जानकारी दिइसकेको छ ।
कम्पनीले नयाँ उत्पादन सार्वजनिक गर्ने कार्यक्रमको रुपमा ग्यालेक्सी अनप्याक्ड प्रत्येक वर्ष आयोजना गर्ने गरेको छ । यो वर्ष भर्चुअल माध्यमबाटै अनप्याक्ड इभेन्ट आयोजना हुनेछ । उक्त इभेन्ट मार्फत कम्पनीले बहुप्रतिक्षित पट्याउन मिल्ने (फोल्डेबल) फोन ग्यालेक्सी जेड फोल्ड थ्री र ग्यालेक्सी जेड फिल्प थ्री सार्वजनिक गर्ने छ ।
साथै ग्यालेक्सी वाच ४, ग्यालेक्सी वाच ४ क्लासिक तथा ग्यालेक्सी बड्स २ पनि सार्वजनिक हुने सञ्चारमाध्यमहरुले बताएका छन् ।