सक्रिय हुँदै फास्ट नेपाल, कैलालीमा एकैदिन दुई फरक तालिमको समापन एवं प्रमाणपत्र वितरण



कैलाली,साउन २५ । फास्ट नेपालद्वारा सञ्चालित कैलालीको कैलारी गाउँपालिकाको हसुलियामा तीन महिने मन्टेश्वरी तालिम र एक महिने कसुन तथा हस्तकला तालिमको एक कार्यक्रमका बीच समापन गरिएको छ ।

संस्थाको हसुलिया शाखाका व्यवस्थापक ममिता कुमारी चौधरीको सभापतित्वमा भएको कार्यक्रम कैलारी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी सत्गौवाको प्रमुख अतिथी रहनुभएको थियो भने ईलाका प्रहरी कार्यालय हसुलियाका प्रमुख सई मोहन बोहरा बिशिस्ट अतिथी रहनुभएको थियो । त्यस्तै कार्यक्रममा संस्थाको प्रधान कार्यालयका कार्यकारी व्यवस्थापक यज्ञराज उपाध्याय, कृषि प्रशिक्षक सुखिराम चौधरी अतिथि रहनुभएको थियो ।

कार्यक्रममा मन्टेश्वरी र कुसन तालिम लिएका २५ जनाभन्दा बढीलाई प्रमाणपत्रसमेत वितरण गरिएको थियो । कुसन तालिम लिएर त्यसलाई व्यवहारमा समेत परिणत गर्दै कुसन बनाउने काममा सक्रिय प्रेयंका चौधरीले फास्ट नेपालले निशुल्क कुसन तालिम सञ्चालन गरेर केही सिक्ने मौका पाउँदा खुशी भएको बताउनुभयो । वहाँले यस संस्थाले आगामी दिनमा पनि ग्रामीण क्षेत्रमा यस्ता उपलब्धिमूलक कार्यक्रम सञ्चालन गरे धेरैले त्यसबाट फाइदा लिनसक्ने बताउनुभयो ।

त्यस्तै मन्टेश्वरी तालिममा सहभागी प्रशिक्षार्थी बिना चौधरीले मन्टेश्वरी सम्बन्धी तीन महिने तालिमबाट धेरै कुराहरु सिक्ने अवसर पाएको बताउनुभयो । वहाँले फास्ट नेपाल लगायत स्थानीय तहले पनि यस्ता तालिमहरु दिन सके महिलाहरुले त्यसबाट लाभ उठाउदै अर्थोपार्जन गर्न सक्ने सुझावसमेत दिनुभयो ।

गाउँपालिका उपाध्यक्ष सत्गौवाले अहिले देश कोभिडको महामारीमा भएकाले अगाडी आफू बाच्नुपर्ने र त्यसपछि अन्य काम हुनसक्ने बताउनुभयो । वहाँले मान्छे नै नबाचे अन्य गतिविधि गरेर मात्र केही हुन नसक्ने दाबी गर्दै पहिलो कुरा यतिबेला मानव जीवन रक्षा रहेको उल्लेख गर्नुभयो । समाजका महिना दिदिबहिनीहरुलाई सिपमूलक बनाउने यस्ता रचनात्मक तालिम सञ्चालन गरेकोमा फास्ट नेपाललाई धन्यवाद दिदै यस्ता कार्यक्रमहरुका लागि महिला दिदिबहिनीले वडा र पालिकामा कार्यक्रम माग गर्नुपर्नेसमेत बताउनुभयो ।

कैलारी गाउँपालिकामा संस्थाको सामाजिक परिचालकको रुपमा कार्यरत धानी कुमारी चौधरीको स्वागत गरेको कार्यक्रमको फिल्ड संयोजक अन्जु चौधरीले सञ्चालन गर्नुभएको थियो भने संस्थाद्वारा सञ्चालित कार्यक्रम, वर्तमान परिस्थिति र चुनौतीका विषयमा संस्थाका कार्यकारी व्यवस्थापक यज्ञराज उपाध्यायले प्रष्ट पार्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्