नुवाकोट शिवपुरीमा साउन ३१ गतेदेखि व्यवसाय दर्ता शिविर
नुवाकोट,साउन २५ । जिल्लाको शिवपुरी गाउँपालिकाले व्यवसाय दर्ता शिविर सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले जनप्रतिनिधिसहित कर्मचारीको टोली बनाई वडा–वडामा पुगेर व्यवसाय दर्ता शिविर सञ्चालन गर्न लागेको हो।
गाउँपालिकाकी निमित्त प्रमुख प्रशासकीय अधिकृत गंगादेवी श्रेष्ठका अनुसार चालुआर्थिक वर्ष ०७८/७९ मा उद्योग व्यवसाय, कृषि, पशु फर्म तथा अन्य व्यवसाय संचालन गरिरहेका तथा गर्न चाहने व्यवसायी/व्यवसायिक कृषकहरुलाई लक्षित गरि गाउँपालिकाले यहि साउन ३१ गतेदेखि २ गतेसम्म वडा नम्बर ५, ६, ७ र ८ मा शिविर सञ्चालन गर्न लागिएको हो।
शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाका अनुसार शिविरमार्फत कृषि फर्म दर्ताको लागि नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, वडा सिफारिस, जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि वा मन्जुरीनामा, पासपोर्ट साईजको फोटो, सर्जिमिन मुचुल्का र तिरो तिरेको रसिदको प्रतिलिपि आवश्यक पर्ने गाउँपालिकाले जनाएको छ ।
नुवाकोट उद्योग वाणिज्य संघ र पुर्णिमा कार्यक्रमको समन्वयमा व्यवसाय दर्ता शिविर कार्यक्रम सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।
हेर्नुस् सूचना:-