सांसद विकास कोषमार्फत सरावलमा सभा हल निर्माण



नवलपरासी,साउन २४ । पश्चिम नवलपरासीको सरावल गाउँपालिका – २ जावामा सांसद विकास कोषमार्फत कोलवृक्ष बहुउद्देश्यीय सभा हलको निर्माण पुरा भएको छ । निर्माण पुरा भएको सो सभाहलको आइतबार प्रतिनिधिसभा सदस्य देवेन्द्रराज कंडेलले समुद्घाटन गर्नुभएको छ ।

स्थानिय पुर्वाधार बिकास साझेदारी कार्यक्रम अन्तर्गत प्रतिनिधिसभा सदस्य देवेन्द्रराज कंडेलको सांसद विकाश कोषको आर्थिक वर्ष २०७६/०७७ मा बिनियोजित ७५ लाख रुपैयाँ र आर्थिक वर्ष २०७७/०७८ मा बिनियोजित ३० लाख रुपैयाँ र सरावल गाउपलिकाबाट बिनियोजित १० लाख रुपैयाँ गरि कुल १ करोड १५ लाख रुपैयाँ बजेट मार्फत सो सभाहलको निर्माण गरिएको ककरपत्त नगरि कोलबृक्ष पर्यटकीय क्षेत्र बिकास समितिका अध्यक्ष नरेन्द्र चौधरीले जानकारी दिनु भयो ।

समुद्धाटन कार्यक्रममा नेपाली काङ्ग्रेसका पुर्व सांसद शंकर पाण्डेय, सरावल गाउँपालिकाका अध्यक्ष राधेश्याम चौधरी, उपप्रमुख उत्तमा राय, लगायत स्थानियको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्