सांसद बद्री मैनालीद्वारा नुवाकोट विदुरको सत्यनारायण मन्दिर उद्घाटन



नुवाकोट, साउन २३ । नेपाल कम्युनिस्ट पार्टी एमाले नुवाकोटका युवा नेता एवम् वाग्मती प्रदेशसभाका सांसद बद्री मैनालीले जिल्लास्थित विदुर नगरपालिका-८ बगुवा बजारमा रहेको सत्यनारायण मन्दिरको उद्घाटन गरेका छन् ।

उद्घाटन समारोह प्रमुख आतिथ्यता प्रदेश सांसद बद्री मैनाली, विशेष आतिथ्यता आशामाया तामाङ्गको बिशेष आतिथ्यतामा भएको थियो।

प्रदेश सरकारबाट प्राप्त कुल २० लाख रकममा सम्पन्न उक्त मन्दिर उद्घाटन कार्यक्रममा बिन्दा ढुङ्गाना, रामशरण प्याकुरेल, काशीराज अधिकारी ,एमाले नेताहरू गणेश कुमार श्रेष्ठ,बलराम आचार्य, नारायण घिमिरे, दिपक कार्की, प्रज्जव सापकोटा,आयन श्रेष्ठ लगायत नेताहरूको उपस्थिति जिल्लास्थित पार्टी सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्