करेण्ट लागेर नुवाकोट दुप्चेश्वरकी एक महिलाको ज्यान गयो



नुवाकोट,साउन २३ । करेण्ट लागेर नुवाकोट दुप्चेश्वरकी एक महिलाको ज्यान गएको छ। ज्यान गुमाउनेमा दुप्चेश्वर गाउँपालिका वडा नं ५ बालकुमारी रम्बुडाँडाकी ५२ बर्षिया राममाया पण्डित रहेकी छिन ।

स्थानीय समुन्द्रटार प्रहरी चौकीका अनुसार मृतक पण्डित स्थानीय केशव पण्डितकी श्रीमती हुन् । उनी साँझ कुखुराको खोरमा सट भएको करेण्ट लागेर सख्त घाइते भएकी थिइन ।

घटना पश्चात् उनलाई उपचारका लागि खरानीटार अस्पताल पुर्याइएको थियो । तर, अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भइसकेको परिवार श्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्