रुकुममा पहिरोमा पुरिएका दुई जनाको जिवितै उद्धार



रुकम,साउन २२ । रुकुम पश्चिममा पहिरोमा पुरिएका दुई जनाको प्रहरीले जिवितै उद्धार गरेको छ । आज विहान साढे ११ बजे मुसिकोट नगरपालिका वडा नं. ३ खरखरे स्थित मध्य पहाडी लोकमार्गमा सडक माथिबाट सुख्खा पहिरो खस्दा सानीभेरी गाउँपालिका वडा नं. ११ बस्ने ५५ वर्षिया देउरुपा खड्का र मुसिकोट नगरपालिका वडा नं. ३ बस्ने लाल बहादुर खत्री पुरिनुभएको थियो ।

उहाँहरुको रुकुम पश्चिमबाट प्रहरी नायव निरीक्षक डिल्ली बहादुर खत्रीको कमाण्डमा खटिएको ११ जनाको प्रहरी टोलीले जिवितै उद्धार गरहेको हो । उद्धार गरिएका दुबै जना घाइते हुनुहुन्छ ।

घाइतेहरुको जिल्ला अस्पताल सल्ले रुकुम पश्चिममा उपचारको लागि पठाइएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्