झोरको बौडेश्वर माध्यमिक विद्यालयमा आजदेखि कोरोना खोप
काठमाडौ,साउन २२ । टोखा नगरपालिका वडा नम्बर १ मा अवस्थित झोरको बौडेश्वर माध्यमिक विद्यालयमा आजदेखि कोरोना खोप लगाइने भएको छ। आज शुक्रबारदेखि टोखासहित देशभर लक्षित समूहलाई कोभिड–१९ विरुद्धको भेरोसेलको दोस्रो डोज खोप दिइने भएको हो ।
गएको असार २९ गतेदेखि सञ्चालन गरिएको खोप अभियानमा ५५ वर्षभन्दा माथिका व्यक्तिहरूलाई भेरोसेलको पहिलो डोज खोप दिइएको थियो ।
उक्त पहिलो डोज खोप लगाएको २१ दिन पुगेका सबै व्यक्तिलाई आजबाट दोस्रो डोज खोप दिइने टोखा नगरपालिका वडा नम्बर १ का अध्यक्ष श्रीकृष्ण अधिकारीले बताए। विगतमा गरिएको अनुभवका आधारमा स्थानीय नागरिकलाई स्थान सहजताका लागि बौडेश्वर माध्यमिक विद्यालयमा खोप केन्द्र कायम गरिएको अध्यक्ष अधिकारीले बताए। खोप साउन २४ गतेसम्म लगाइनेछ।
देशभर स्वास्थ्य सेवा विभागले सातवटै प्रदेश स्वास्थ्य निर्देशनालय र ७७ वटै जिल्ला स्वास्थ्य कार्यालयलाई खोप अभियान सञ्चालन गर्न निर्देशन दिएको छ ।
वडा नम्बर १ कार्यालयको सूचना
टोखा नगरपालिकाका खोपकेन्द्रहरु