भागेर ज्यान बचाउन सफल भएँ : विमला वली
काठमाडौ,साउन २१ । लुम्बिनी प्रदेशसभा सदस्य विमला खत्री वलीले आफूलाई मुख्यमन्त्री शंकर पोखरेलको निवासमा बन्धक बनाएर राखेको र अन्ततः आफू भागेर ज्यान बचाउन सफल भएको बताएकी छिन् ।
बुटवलमा बिहीबार दिउँसो पत्रकार सम्मेलन गर्दै सांसद वलीले आफूलाई पाँच दिनसम्म मुख्यमन्त्री कार्यालयमा राखिएको समेत बताएकी छिन । यसअघि आफू एमालेमा भएको भन्दै निकालेको विज्ञप्ति पनि उनले जबरजस्ती हस्ताक्षर गराइएको बताएकी छिन् । १९ साउनमा उनले आफू एमालेमा नै रहेको भन्दै विज्ञप्ति निकालेकी थिइन् ।
१५ साउनदेखि आफूलाई बन्धक बनाइएको आरोप उनले लगाएकी छिन् । अनि आफूले १९ वैशाखमा नै पत्रकार सम्मेलन गरेर माओवादी केन्द्र रोजेको जानकारी दिएकाले अहिले पनि आफू माओवादी केन्द्रमा नै रहेको उनले जानकारी दिएकी छिन् ।
प्रेस विज्ञप्ति