विदेशबाट फर्किएका युवक कृषिमा



प्युठान,साउन १८ । स्वर्गद्वारी नगरपालिका – १ कोचिबाङ भन्ज्याङका २६ वर्षीय भूप बहादुर पुन मगर साहुसंग ॠण काढेर ५ बर्षअघि रोजगारका लागि खाडी मुलुक पुगे।

पैसा कमाउने सपना बोकेर २०७३ सालको भदौमा कतार उडेका पुनलाई कम्पनीको समस्याको कारण ३ महिनामै नेपाल फर्किनुपर्यो। त्यसपछी पनि पुनले दुबईको लागि प्रयास गरे तर सफल हुन सकेन्न । केही उपाय नचलेपछि विदेश जाँदाको ॠण तिर्न उनि भारतको केरला हानिए। केरलामा काम गर्दा दुख पाएको पुन बताउँछन् ।

पुनले बहु लक्ष्य बाख्रा कृषि तथा तरकारी फर्म प्रा. लि. दर्ता गरेर बिगत एकबर्ष देखि गाउँमै व्यावसायिक बाख्रापालन गरिरहेको छन् । बाख्रापालनबाट अहिले ८० हजार आम्दानी गर्छन् । पुनले भने, ‘कोरोनाको चपेटामा परेर गाउँमै मिहिनेत गर्छु भनेर घर आएको हुँ राम्रै भएको छ ।’ पुनले अहिले बाख्रापालनको आम्दानीबाट १० जनाको जहान धानिरहेका छन ।

पुनले अहिलेसम्म ३ लाख ५० हजार लगानी गरिसकेका छन। बाख्रा पालन थालेपछि यहि असारमा खोर सुधारको लागि नगरपालिकाको पशु शाखाबाट ४६ हजार ४ सय रुपैयाँ अनुदान पनि पाएका छन । अहिले उनको खोरमा व्याडका लागी एउटा बोयर बोका छ। १० ओटा पाठापाठी र २९ ओटा बाख्रा छन।

व्यवसाय बिस्तार गर्न पैसाको कमी भएकोले नगरपालिका मार्फत सहुलियत कर्जाको लागि पनि फारम भरेर सबै प्रक्रिया पूरा गरेका छन तर आर्थिक वर्ष बित्दा पनि सहुलियत कर्जा अझैसम्म नपाएको गुनासो उनको छ । उनले भने ,’ प्रक्रीया सबै पुरा गरेको छु २०७७ पौष महिनासम्म हुन्छ भनेर आशा देखायो, खै किन नगरपालिकाले अहिलेसम्म नि केही चासो देखाएको छैन । ” यसमा सरोकारवालाले विशेष ध्यान दिए आफू जस्ता कृषकहरूलाई राहत हुने पुनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्