बैंकको एटिएम मेसिन तोडफोड गरेको आरोपमा दुई जना पक्राउ
दाङ,साउन १७ । दाङमा एक बैंकको एटिएम मेसिन तोडफोड गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा घोराही १३ मंलेरी बस्ने १८ बर्षिय सुवास विक र सोहि वडाको सुन्दरनगर टोल बस्ने १८ बर्षकै प्रकास भुसाल रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । गत मंगलवार घोराही १५ शहिद गेट नजिकै रहेको कुमारी बैंक लिमिटेडको एटिएम मेसिन तोडफोड गरी उनीहरु फरार भएका थिए ।
फरार अभियुक्तहरुलाई खोजकार्य गर्ने क्रममा घोराही १५ बाट शनिवार पक्राउ गरी प्रहरीले आईतवार सार्वजनिक गरेको हो । पक्राउ परेकाहरु माथी थप अनुसन्धान भईरहेको प्रहरी प्रवक्ता डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।