तानसेन कालिगण्डकी लिफ्टिङ खानेपानीको ट्याकीं पहिरोको जोखिममा



पाल्पा,साउन १७ । तानसेन कालिगण्डकी लिफ्टिङ खानेपानी आयोजनाको ट्याङ्की जोखिममा परेको छ।पाल्पाको तानसेन नगरपालिका – १३ छेर्लुङ्गमा रहेको ३ नंवर ट्याकी पहिरोका कारण जोखिममा परेको हो।

ट्यान्की नजिकै पाइपमा पानी लिकेज भएसंगै पहिरो गएपछि ट्यान्की नै जोखिममा परेको ३ नम्बर ट्यांकीका सहायक अपरेटर कमल भट्टराईले कामना डेलीलाई बताएका छ्न ।

यो योजनाको काम गर्दै आएको मृत सन्जिवनी कम्पनीका प्रतिनिधि रमेश थापाले बर्षा सकिए लगत्तै तलबाटै पर्खाल उठाएर ट्यान्की संरक्षण गर्ने जानकारी दिए । गत चैतमा कालीगण्डकीको पानी लिफ्ट गरि तानसेन ल्याईएको थियो।

प्रतिक्रिया दिनुहोस्