आपसी लेनदेन विवादमा एकको हत्या
जाजरकोट,साउन १६ । जिल्लामा आपसी विवादका कारण एक जनाको हत्या भएको छ । कुशे गाउँपालिका वडा नं. ८ मा कुटपिटबाट एकजनाको हत्या भएको छ ।
आपसी लेनदेनको विषयमा विवाद हुदा कुशे गाउँपालिका ८ का ३५ वर्षीय इन्द्र बहादुर सिंहको मृत्यु भएको हो । सोही ठाउँका विमल प्रकाश सिंहको कुटाइबाट सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले बताएको छ ।
हत्याको आरोपी विमललाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको छानबिन गरिरहेको छ ।