प्यूठानमा २४७ मुद्दा प्रहरीमा दर्ता, जम्मा ७० फर्छौट



प्युठान,साउन १५ । जिल्लामा गत आर्थिक वर्ष २०७७।०७८ मा बिभिन्न प्रकृतीका कुल २ सय ४७ ओटा मुद्दा प्रहरीमा दर्ता भएका छन् । त्यसमध्ये ७० वटा मुद्दा मात्र फर्छौट भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सुचना अधिकारी प्रहरी निरिक्षक देवीप्रसाद गैरेले जानकारी दिनुभयो। उहाँले १ सय ७७ वटा मुद्दा अनुसन्धानको क्रममा रहेको बताउनुभयो।

गत वर्ष सबै भन्दा बढी झुण्डीएर आत्महत्या गरेका ९३ मुद्दा दर्ता भएका छन् । प्रहरीका अनुसार कर्तव्य ज्यान ११,ज्यान मार्ने उद्योग २ , भवितव्य ज्यान ३५,फुटकर ज्यान १७, लागु औषध १, पशुपंछी सम्वन्धी कसुर(गौवध) १ रहेका छन् । जिल्लामा बिष सेवनबाट १५ र हाम फालेर दुई जनाले आत्माहत्या गरेको प्रहरी तथ्याकं छ।

यो अवधिमा १७ जबर्जस्ती करणी र ५ वटा करणी उद्योगका मुद्दा दर्ता भएका छन्। त्यसैगरि चोरी ५ , बहुविवाह ६, सार्वजनिक हित र नैतिकता विरुद्धको कसुर १४, आत्महत्या गर्ने दुरुत्सहान गरेको १, जुवा सम्बन्धी कसूरका २ वटा मुद्वा दर्ता भएको गैरेले जानकारी दिनुभयो । त्यस्तै, सवारी ज्यान ९,सवारीबाट भवितव्य ज्यान ७, बैकिंक कसुर २, हातहतियार खजाना र कुट्पीट अङ्गभङ्गका १/१ वटा मुद्वा दर्ता भएको प्रहरी तथ्याङ्कले देखाएको छ ।

प्रहरी निरिक्षक गैरेका अनुसार प्यूठानमा मदिरा सेवन, अशिक्षाजस्ता कारणले अपराधका घटना हुने गरेको देखिएको छ। अघिल्लो वर्ष २०७६/७७ मा कुल २ सय ३६ ओटा मुद्दा प्रहरीमा दर्ता भएका थिए ।

प्रतिक्रिया दिनुहोस्