पत्रकार शक्तिमाया तामाङ सम्मानित



नुवाकोट,साउन १५ । पत्रकार शक्तिमाया तामाङ सम्मानित भएकी छन् । पत्रकार तामाङ शुक्रबार “कृष्णमाया लिलानाथ स्मृति पुरस्कार”बाट सम्मानित भएकी हुन् । 

उत्तरगया दैनिक तथा नुवाकोट जागरण साप्ताहिकको वार्षिकोत्सवको अवसरमा विदुरमा शुक्रबार आयोजित समारोहमा पत्रकार तामाङलाई नेपाली काङ्ग्रेसका नेता अर्जुननरसिंह केसीले २५ हजार नगदसहित सम्मान गरेका गरेका हुन् । 

विगत ८ वर्षदेखि पत्रकारिता पेशामा सक्रिय तामाङलाई कोरोना संक्रमणको महामारीमा पनि खोजमूलक समाचार सङ्कलन तथा लेखन गरिएबापत कृष्णमाया लिलानाथ स्मृति पुरस्कार प्रदान गरिएको उत्तरगया दैनिकका प्रकाशक तथा सम्पादक शिव देवकोटाले बताए ।

म्यागङ गाउँपालिका-६ पनेरा स्थायी निवासी तामाङ बीबीसी नेपाली सेवा नुवाकोट संवाददाताको रुपमा कार्यरत छिन् ।

प्रतिक्रिया दिनुहोस्