अमेरिकामा ८.१ म्याग्नीच्युडको शक्तिशाली भूकम्प
एजेन्सी,साउन १४ । अमेरिकामा बिहीबार शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभागले अमेरिकाको अलास्का राज्यको पेरिभिल्ले भन्ने ठाउँमा ८.१ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको जनाएको छ ।
स्थानीय समयानुसार दिउँसो २:१५ बजे सो भूकम्प गएकोे बताइएको छ । सामुद्रिक क्षेत्रमा भएकाले कुनै मानवीय र भौतिक क्षतिको विवरण भने प्राप्त नभएको अधिकारीहरुले जानकारी दिएका छन् ।
भूकम्पको केन्द्रविन्दु आपपासकै क्षेत्रमा १० किलोमिटर गहिराइमा रहेको जनाइएको छ ।