छहरे-टोखा सडकखण्ड खुल्यो, गुरुङ गाउँको पहिरो हटाइयो
नुवाकोट, साउन १४ । राजधानी काठमाडौ आवातजावतको छोटो मार्ग छहरे-टोखा सडकखण्ड सुचारु भएको छ।
गुरुङगाउँको ठुलो पहरोमा झण्डै २ सय मिटर माथिबाट खसेको पहिरो हटाइएसंगै सो सडकखण्डमा यातायात सञ्चालनमा आएको हो । आइतबार अवरुद्ध सडकखण्ड सोमबार बिहान पहिरो हटाई सञ्चालनमा ल्याइएको थियोे । संचालनमा आएको सडकखण्डको सोही ठाउँमा पहिरो जादा बुधबार साँझदेखि पुन अवरुद्ध भएको थियो ।
गुर्जे प्रहरी पोस्टका असई बिचारी श्रेष्ठले बुधबार राति ८ बजेतिर पहिलेको भन्दा ठुलो पहिरो सडकमा झरेको र बिहीबार डोजरले पन्छाई सडक सञ्चालनमा ल्याइएको बताए । असई श्रेष्ठले भने-‘आज बिहान साढे दस बजेदेखि दोहोरो सवारीसाधन आवतजावत हुने सडक मर्मत भैसकेको छ।’