पोखरीमा डुुबेर सर्लाहीमा आमा र २ बच्चाको मृत्यु
काठमाडौँ,साउन १३। सर्लाहीको ब्रह्मपुरी गाउँपालिकामा पोखरीमा डुुबेर आमा र २ बच्चाको मृत्यु भएको छ ।
ब्रहमपुरी गाउँपालिका वडा नम्बर ३ बस्ने संजिव कापरकी श्रीमती रितेवा देवी कापर, २ वर्षीया छोरी र ९ दिनको छोराको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीका अनुसार राती करिब १ बजेको समयमा घरबाट २ बच्चासहित हिडेकी थिइन ।
श्रीमती र बच्चा खोज्दै हिडेका संजिव सम्पर्कविहीन रहेको प्रहरीले बताएको छ । मृतक महिलाको मानसिक अवस्था ठिक नरहेको गाउँलेहरूले बताएका छन् ।