यातना दिएको आरोपमा सौतेनी आमा पक्राउ



सुनसरी,साउन १२ । सौतेली छोरालाई कुटपिट गरी यातना दिएको आरोपमा प्रहरीले सुनसरीको इटहरी उपमहानगर पालिका वडा नं. १९ कि २५ वर्षीया सौतेनी आमालाई पक्राउ गरेको छ। उनले १२ बर्षीया छोरालाई सधै शारिरिक तथा मानसिक यातना दिने गरेको प्रहरीको भनाई छ।

पटक पटक छोरा कुट्ने सौतेनीआमालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक नरेन्द्र कार्कीले जानकारी दिए । ‘उजुरीका आधारमा आमालाई पक्राउ गरेर अनुसन्धान थालेका छौं’ उनले भने।

कार्कीका अनुसार सुनसरी जिल्ला अदालत इनरुवावाट बालबालिका बिरुद्दको हिंसा कसुरमा म्याद थप गरी सौतेनी आमा माथी आवश्यक अनुसन्धान भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्