नेपालमा बालबालिकालाई समेत संक्रमित पार्नसक्ने प्रजातिको कोरोना पुष्टि
काठमाडौं, साउन १२ । नेपालमा कोरोनाको तेस्रो लहरको खतरा बढेर गएको छ। बालबालिकासहित सबै उमेर समूहका मानिसलाई संक्रमित पार्न सक्ने कोरोना भाइरसको प्रजाति नेपालमा देखा परेसंगै स्वास्थ्य मन्त्रालयले सचेत हुन आग्रह गरेको छ ।
स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा. समिर कुमार अधिकारीले विज्ञप्तिमार्फत् डेल्टा भेरियन्ट, कप्पा भेरियन्ट र अल्फा भेरियन्ट गरी तीनवटा प्रजातिका कोरोना भाइरस भेटिएको उल्लेख गरेका छन् । संक्रमणको जोखिम बढिरहेको भन्दै सम्भावित तेस्रो लहरको खतरा औल्याएका छन् ।
स्वास्थ्य मन्त्रालयले सम्भावित तेस्रो लहरको चुनौतीपूर्ण अवस्थाको तयारी गर्न अनुरोध समेत गरेको छ ।