उच्च अदालत पाटनबाट पनि महरालाई सफाई
काठमाडौं,साउन १२। पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालतबाट सफाइ पाएका छन् । महरालाई उच्च अदालत पाटनले बलात्कार मुद्दाबाट सफाइ दिएको हो ।
न्यायाधीश माधव पोखरेल र विमल सुवेदीको इजलासले काठमाडौं जिल्ला अदालतकै फैसला सदर हुने गरी मंगलबार फैसला गरेको हो ।
उक्त मुद्दामा जिल्ला अदालत काठमाडौंकै फैसला सदर हुने गरी उच्च अदालत पाटनले पनि महरालाई सफाई दिएको हो ।