ईजरायलमा एक हजार नेपाली कामको अवसर [ विज्ञापनसहित ]



काठमाडौँ,साउन १२ । वैदेशिक रोजगार विभागले इजरायलको दीर्घकालीन स्याहार सेवा केन्द्रमा सहयोगीको रुपमा काम गर्न इच्छुक नेपाली कामदारका लागि विज्ञापन खुलाएको छ ।

मंगलबार गरिएको विज्ञापनमा २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेका महिला र पुरुषले आवेदन दिन पाउने विभागले जनाएको छ । इजरायल जाने कामदारको न्यूनतम तलब १६ सय डलर अर्थात करीब २ लाख नेपाली नेपाली रुपैया हुन्छ । एक पटक छनौट भए पछि पाँच वर्ष सम्म काम गर्न पाईने ईजरायल जान एक लाख ६५ हजार खर्च लाग्नेछ ।

आवेदन अनलाईनबाट पनि दिन सक्नेछन् । अधिकांश महिलाले ईजरायल जाने मौका पाउनेछन् । निजी क्षेत्रमा संलग्नतामा कामदार भर्ना गर्दा कामदारमाथि ठूलो आर्थिक शोषण भएको भन्दै नेपाल र इजरायलबीच गत ३० सेप्टेम्बरमा सरकारी संयन्त्रमार्फत नै भर्ना गर्ने गरी श्रम सम्झौता भएको थियो । ईजरायल कुनै म्यानपावर मार्फत भने जान पाईने छैन ।

ईजरायल जानेले अबदेखि निजी घरमा नभई स्याहार केन्द्रहरुमा बसेर काम गर्नु पर्ने विभागले जनाएको छ ।
२५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको, १.५ मिटर उचाइ र कम्तीमा ४५ केजी तौल भएको हुनुपर्नेछ । अंग्रेजी भाषाको ज्ञान भए पुग्नेछ ।

कम्तीमा १० कक्षा उत्तीर्ण गरी अनमी वा सीएमएसम्बन्धी विषयको कम्तीमा १५ महिनाको अध्ययन पूरा गरेको वा कक्षा १२ वा सो सरहको शैक्षिक योग्यता हासिल गरी नेपाल सरकारबाट मान्यता प्राप्त तालिम प्रदायक संस्थाबाट केयरगिभिङसम्बन्धी तीन महिनाको तामिलप्राप्त गरेको व्यक्ति उम्मेदवार हुन पाउने विभागले जनाएको छ । नेपालले कामदारको सूची दिएपछि ईजरायलले नै कामदारको छनौट गर्नेछ ।

विज्ञापन हेर्नुस्

प्रतिक्रिया दिनुहोस्