उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता
काठमाडौं,साउन १२ । निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता प्रदान गरेको छ । आयोगले जसपाका कार्यकारिणी समितिका सदस्यहरूको सनाखत गरी सोमवार यादव पक्षलाई पार्टीको आधिकारिकता दिने फैसला गरेको हो ।
सनाखतका क्रममा उपस्थित ५१ जना कार्यकारिणी सदस्यमध्ये ३४ जनाले यादव पक्षमा हस्ताक्षर गरेका थिए । यस्तै, १६ जनाले अर्का अध्यक्ष महन्थ ठाकुर पक्षमा हस्ताक्षर गरेका थिए भने एकजना (रेशम चौधरी) तटस्थ बसेका थिए ।
निर्वाचन आयोगले गरेको फैसला अनुसार अब ठाकुर पक्षले नयाँ दल दर्ता गर्न आएमा छुट्टै राजनीतिक दलका रूपमा मान्यता पाउने बताइएको छ । तर, उपेन्द्र यादव पक्षमा नरहेका सांसदले जसपा छाडेमा उनीहरूलाई कारबाही गर्न राजनीतिक दल सम्बन्धी ऐन आकिर्षत हुने÷नहुनेबारे भने फैसला मौन छ । आयोगले अन्य विषयमा आफूहरूको धेरै भूमिका नहुने उल्लेख गरेको छ । आर्थिक अभियानबाट