नुवाकोट भत्ता प्रकरण: माओवादी केन्द्र पञ्चकन्याले गरायो गृहमन्त्रालयलाई ध्यानाकर्षण



नुवाकोट, साउन ११ । जिल्लास्थित पञ्चकन्या गाउँपालिका वडा नम्बर २ बाट गत चैतमा हराएको भनिएको सामाजिक सुरक्षा भत्ताको अनुसन्धान बारे सत्यतथ्य सार्वजनिक गर्न पञ्चकन्या गाउँपालिका माओवादी केन्द्रले जिल्ला प्रशासन कार्यालय मार्फत गृह मन्त्रालयलाई ध्यानाकर्षण गराएको छ।

सोमबार माओवादी केन्द्रका जिल्ला अध्यक्ष हिरानाथ खतिवडाकाे नेतृत्वमा प्रशासनसामु ध्यानाकर्षण गराउदै केन्द्रले घटनालाई राजनैतिक तवरले नलुकाउन र सत्यतथ्य सार्वजनिक गरी निचोड दिन आग्रह गरेका हुन् ।

पञ्चकन्या गाउँपार्टी कमिटी इन्चार्ज मिनबहादुर केसी,वडा तहका पार्टी वडा इन्चार्ज,वडा अध्यक्षहरु,सचिव र गाउँपार्टी कमिटीका सदस्यहरुको उपस्थितिमा प्रमुख जिल्ला अधिकारीमार्फत गृह मन्त्रालयलाई ध्यानाकर्षण गराइएको पञ्चकन्या गाउँपालिका वडा नम्बर १ का अध्यक्ष मणिनाथ लामिछानेले बताए ।

हेर्नुस् ध्यानाकर्षण पत्र

घटनाका तत्कालीन केहि तथ्य यस्ता छन्, हामी सबै पुनः मनन गरौ।

तथ्य नं १- सिसि क्यामेराले कभर नगर्ने स्थानमा केहि दिन अघि मात्रै पैसा राख्ने दराज व्यवस्थापन गर्नु ।

तथ्य नं २- यस अघि एक पटकमा १०-१५ लाख ल्याएर सकिए पछि फेरि त्यसै गरि ल्याउने गरेकाेमा यसपटक ५० लाख ल्याउनु , यति ठुलाे रकम ल्याउँदा वडा बाहेक आफुभन्दा माथिल्ला कर्मचारीलाई जानकारी नगराउनु ।

तथ्य नं ३- यति धेरै रकम ल्याएर पनि पटक पटक ताेडफाेड हुने गरेकाे थाहा पाउँदा पाउँदै वडा मै राख्ने सल्लाह मिल्नु ।

तथ्य नं ४- सिसि फुटेजले नभेट्ने दराजमा पैसा राखेकाे दावी गर्नु तर पैसा राखेकाे दावी गरिएकाे ठाउँमा पैसा नअट्ने कुरा अनुसन्धानले देखाउनु ।

तथ्य नं ५- पैसा राख्दै गर्दाकाे घटना हेर्दा उनीहरुले नै असुरक्षित भन्ने गरिएकाे कार्यालयमा यति माेटाे रकम राख्दा देखिनु पर्ने संबेदनशीलता फुटेजमा नदेखिनु ।

तथ्य नं ६- जस्ताे र जत्राे झाेला बाेकेर भित्र छिरेकाे हाे त्यस्तै र त्यत्रै झाेला बाेकेर बाहिर निस्केकाे फुटेजमा देखिनु ।

तथ्य नं ७- एक पटक बाहिर निस्केपछि आंगनमा राेकिएर सचिव निस्के पछि फेरि भित्र पसेर झ्याल ढाेका नियाल्नु, ढाेकाकाे ताला नियालेर समाउनु ।

तथ्य नं ८- कार्यालयकाे मुल ढाेका, सचिवकाे काेठाकाे ढाेका,कम्प्युटर काेठाकाे ढाेकामा लगाइएका तालाहरु नहुनु तर ढाेकाकाे अवस्था जस्ताकाे त्यस्तै र चाेटपटक नहुनु, ताला झुण्ड्याउने अन्तरामा समेत कुनै दाग नदेखिनु ।

तथ्य नं ९- तीन वटै ढाेकाका ताला तथा दराजकाे तालासमेत साँचाे कै प्रयाेगबाट खाेलेकाे स्पष्ट अनुमान र दराजकाे तालामा समेत कुनै चाेटपटक नदेखिनु ।

तथ्य नं १०- ती सबै तालाका साँचाेमध्ये ढाेकाकाे साँचाे कार्यालय सहायक र कार्यालय सहयाेगीसँग र दराजकाे साँचाे सचिव र कार्यालय सहायकसँग मात्र हुनु ।

तथ्य नं ११- एक वर्ष अघिदेखि काम गर्ने सचिवलाई पैसा राखेकाे भनिएकै दिन मात्र दराजकाे साँचाे हातमा दिनु ।

तथ्य नं १२-राति देखिने फुटेजमा देखिने मानिस अाफ्नै काेठामा पसेझै निर्धक्क जुन जुन ठाउँमा जानू पर्ने नराेकिइ सरासर ठाउँकाे पहिचान गरेर हिड्नु

तथ्य नं १३- सिसि क्यामेराकाे निगरानीबाट पन्छन कम्प्युटररुममा छिरेर माेनिटर हटाएर प्यासेजमा राखेपछिमात्र सचिवकाे दराज खाेल्नु । सचिवकाे दराजबाट पैसा झिकेकाे हालेकाे देखिँदैन तर झाेला बाेकेर भित्र गएकाे मान्छे उस्तै उत्रै झाेला बाेकेर निस्कन्छ र खेलाडी बस्ने गरेकाे रित्ताे काेठामा छिरेर निस्कन्छ । याे सबै काम लगभग ७-८ मिनेटमा पूरा गर्नु ।

तथ्य नं १४- साेही दिन नजिकै जाेडिएकाे कालिका माविकाे प्रधानाध्यापक पनि तलवकाे सिलसिलामा विदुर जानू राति प्रधानाध्यापक तथा लेखापालकाे दराज पनि फाेरिनु ।

तथ्य नं १५- चैत्र २४ राति पैसा हराउनु २५ देखि अनुसन्धान सुरु हुनु चैत्र २६ गते कार्यालय सहायककाे घरमा सिसि क्यामेरा जडान गरिनु ।

तथ्य नं १६- अनुसन्धान टुङ्गाेमा नपुगी अभियुक्तहरुलाई घरबाट आउने जाने सुविधा दिनु ।

तथ्य नं १७- अभियुक्तहरुकाे घर खानतलासी ढिला गर्नु ।

तथ्य नं १८- अनुसन्धान हुँदै गर्दा वडा अध्यक्षबाट एसपिकाे राेहबरमा पैसा बाँडिदैछ भनेर फेसबुक वालमा पाेष्ट हुनु ।

तथ्य नं १९- अनुसन्धान चित्त नबुझे गृहसचिवलाई लगाएर एसपि र सिडियाे थर्काउँछु भन्दै हिड्नु ।

तथ्य नं २०- पैसा ल्याउने सुचनाका बारे वडा अध्यक्षकाे दाेधारे (काेहिसँग जानकारी भएकाे र काेहिसँग जानकारी नभएकाे) धारणा अाउनु ।

तथ्य नं २१- पैसा ल्याएकाे दिन बेलुकी वडा अध्यक्ष र कार्यालय सहायक भेट गरेर पनि नभेटेकाे कुरा गर्नु ।

तथ्य नं २२- बैकबाट पैसा झिकेपछि बटारमा सचिवलाई छाेडेर २०-२५ मिनेट हराउनु ।

तथ्य नं २३- अनुसन्धान पूरा नभई अदालतमा मुद्दा चलिरहेकै अवस्थामा विभिन्न पत्र पत्रिका र श्रव्यदृश्य सञ्चारका माध्यमबाट घटनालाई राजनैतिक रङ्ग दिएर प्रचारप्रसार गरिनु ।

तथ्य नं २४-व्यवहारिक अप्ठ्याराे फुकाउन पहिल्यैदेखि दिने गरिएकाे सिफारिसलाई अाधार बनाएर बिना साेधपुछ र प्रमाणनै बिना गाउँपालिका अध्यक्ष र प्रमुख प्रसाशकीय अधीकृतकाे नाम जाेडेर चरित्र हत्याकाे प्रयास गरिनु ।

तथ्य नं २५- सिफारिस माग्ने,पैसा झिक्न जाने, पैसा ल्याउने, वडामा राखेकाे छु भन्ने, ढाेका र दराजकाे साँचाे बाेक्ने तमाम घटनासँग जाेडिएका मानिसलाई केन्द्रमा राखेर अनुसन्धान गरिनु पर्छ । अफिसमा पैसा अाइनपुगेकाे वा बाहिरबाटै केही भएकाे भए पनि उनिहरुलाई थाहा छ, अफिसमा राखेकै भए पनि ढाेका तथा ताला ताेडफाेड नदेखिनु र साँचाेकाे प्रयाेग भएकाे अनुमानले अभियुक्त तीनजनालाई थाहा छ । उनीहरु कसैकाे संलग्नता नभई घटना घट्नै नसक्ने अवस्था देखिन्छ, यदि छ भने पनि उनीहरुले कुनै मुलाहिजा नराखी बाहिर ल्याइदिनु पर्छ त्यसैले तपाईं हामी तथा सराेकारवाला निकाय र अनुसन्धानमा लागेका निकायले घटना माेडिन नदिई सत्य तथ्य पत्ता लगाउन सहयाेग गराैँ ।

प्रहरी अनुसन्धान तथा घटना केन्द्रका विविध तथ्यमा आधारित

प्रतिक्रिया दिनुहोस्