उपेन्द्र यादव पक्षले पायो जसपाको आधिकारिकता
काठमाडौं,साउन ११ । जनता समाजवादी पार्टी जसपा नेपालको आधिकारिकता उपेन्द्र यादव पक्षले पाएका छन् । निर्वाचन आयोगले जसपाको आधिकारिकता यादव पक्षलाई प्रदान गरेको हो । आयोगले आजको गरेको कार्यकारिणी सदस्यको हेड काउन्टबाट यस्तो निर्णय गरेको हो ।
५१ सदस्यीय कार्यकारिणी समितिको हेड काउन्टमा यादव पक्षमा ३४ सदस्य, ठाकुर पक्षमा १६ र एक जना तटस्थ रहेका हुन् । रेशम चौधरी तटस्थ रहेका हुन् । ३४ कार्यकारिणीको हस्ताक्षर सहित यादव पक्षले आधिकारिकता प्राप्त गरेको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिएका हुन् ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको नेतृत्वमा ईश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी, जानकीकुमारी तुलाधर र सगुनशम्शेर जबरा सहितको ५ सदस्यीय इजलास गठन गरेको इजलासले यसतो निर्णय गरेको हो ।