प्युठानमा लुम्बिनी प्रदेश स्तरिय हाप्किडो च्याम्पियनसिप हुने



प्युठान,साउन १० । प्युठानमा लुम्बिनी प्रदेश स्तरिय मार्शल आर्टस् हाप्किडो खुल्ला च्याम्पियनसिप प्रतियोगिता हुने भएको छ । नेपाल मार्सल आर्टस हाप्किडो संघ,प्युठानले प्रतियोगिता आयोजना गर्ने भएको हो ।

संघले प्युठानको जुमृमा सोमबार पत्रकार सम्मेलन गरी आगामी असोजको १६ देखि १८ गतेसम्म लुम्बिनी प्रदेश स्तरको प्रतियोगिता माण्डबिमा गर्न लागेको जानकारी दिएको हो । प्रतियोगितामा महिला र पुरुष तर्फ २० देखि ७० केजी सम्मका प्रतिस्पर्धाहरु हुने हाप्किडो संघ प्युठानका अध्यक्ष मुक्ति पोख्रेलले जानकारी दिए ।

उनका अनुसार २० स्वर्ण, २० रजत र २० कास्य पदकका लागि प्रतिस्पर्धा हुने छ । स्वर्ण १५ हजार, कास्य १० हजार र कास्य ७ हजार गरि २० , जनालाई पुरस्कार प्रदान गरिने पोख्रेलले बताए। खेलको उदीयमान, उत्कृष्ट र अनुसाशित खेलाडीले पनि पुरस्कार पाउने छन् ।

लुम्बिनी प्रदेशका बाह्र ओटै जिल्लाका करिब ५ सय खेलाडीहरुले प्रतियोगितामा भाग लिने आयोजकको अपेक्षा छ । संघका केन्द्रीय महासचिव सुबर्ण बिसिले नेपालमा ५ बर्ष देखि संस्था मार्फत हाप्किडो खेलाडीहरुलाई संगठित गरिएको बताए। उनले २० औं बर्ष देखि खेलिदै आएका खेल भन्दा यो छुट्टै खेल समेत भएकाले प्रतियोगितामार्फत फरक सन्देश दिन सकिने विश्वास ब्याक्त गरे ।

उनले हाप्किडो खेलाडीहरु प्रशस्तै रहेको बताउँदै खेलसँगै आत्मसम्मान ,अनुसासन , धैर्य लगनशील बन्न समेत सहयोग पुग्ने धारणा राखे । संस्था स्थापना गरेको छोटो समयमै संघले प्रदेश स्तरीय प्रतियोगिता संचालन गर्न लागेकोमा सरोकारवालाले खुशी ब्यक्त गरेका छन। प्रतियोगिताका लागि माण्डबि गाउँपालिकाले १० लाख रकम बिनियोजन गरेको छ । प्रतियोगितामा जम्मा २५ लाख ६२ हजार ७ सय ५० रुपिया खर्च हुने आयोजकले अनुमान गरेको छ।

प्रतिक्रिया दिनुहोस्