रविन्द्र मिश्रको प्रस्ताव : संघीयताको खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रह गरौं
काठमाडौँ,साउन ११ । विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले संघीयताको खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रह गर्ने प्रस्ताव गरेका छन् । ‘मार्ग परिवर्तन : विचारभन्दा माथि देश’ दस्तावेज सार्वजनिक गर्दै उनले स्थानीय निकायलाई पुनर्संरचना र सुदृढ गर्दै संघीयताको खारेजीको प्रस्ताव अघि सारेका छन्।
दस्तावेजमा नेपालमा शिशु अवस्थामै रहेको संघीयतालाई देशले राजनीतिक, आर्थिक र भूराजनैतिक कुनै पनि दृष्टिकोणबाट धान्न सक्दैन भन्ने विज्ञ तथा सर्वसाधारणको कमी छैन भनी उल्लेख गरिएको छ । उनले स्थानीय निकायलाई पुनर्संरचना र सुदृढ गर्दै संघीयता खारेजी, धर्मनिरपेक्षताबारे जनमत संग्रहको प्रस्ताव गरेका हुन् ।
उनले संघीयता थप भ्रष्टाचार र आर्थिक भारको स्रोत बनेको, नेपालको अखण्डताका लागि पनि घातक बनेको र नेपालका प्रमुख संस्थाहरुलाई क्षयीकृत गर्ने अर्को कडी भएको जिकिर गरेका छन् ।उनले उक्त दस्तावेज छलफल तथा बहसका लागि पार्टीमा प्रस्तुत गरेका हुन्।