छहरे-टोखा सडकखण्ड पुनः सञ्चालनमा, गुरुङ गाउँको पहिरो हटाइयो



नुवाकोट, साउन ११ । नुवाकोट-काठमाडौ आवातजावत को छोटो मार्ग छहरे-टोखा सडकखण्डको गुरुङ गाउँमा गएको पहिरो हटाइएको छ।

गुरुङगाउँको ठुलो पहरोमा झण्डै २ सय मिटर माथिबाट खसेको पहिरो हटाइएसंगै अवरुद्ध सडकखण्ड सञ्चालनमा आएको गुर्जेस्थित अस्थायी प्रहरी पोस्टका असई बिचारी श्रेष्ठले बताए।

श्रेष्ठले साझापथसंग कुरा गर्दै आइतबार साँझ सडकमा झरेको पहिरो सोमबार बिहान ७ बजेदेखि नै हटाउन डोजर प्रयोग गरेको बताए । पहिरो हटाइएपछि नुवाकोट- काठमाडौ आवतजावतका साना तथा ठूला सवारीसाधन सञ्चालनमा आइसकेको छ ।

वर्षायाम र निर्माणाधीन सडकखण्ड भएकाले डोजर तथा स्काभेटर स्टाण्ड बाई यस क्षेत्रमा राखिनुपर्ने सरोकारवालाहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्