अर्थतन्त्रलाई बचाउन खोपसँगै आर्थिक पुनरुत्थानका कार्यक्रम सँगसँगै : अर्थमन्त्री
काठमाडौं,साउन ११ । अर्थमन्त्री जनार्दन शर्माले कोरोना महामारीबाट अर्थतन्त्रलाई बचाउन खोपसँगै आर्थिक पुनरुत्थानका कार्यक्रम पनि सँगसँगै लैजान लागिएको बताएका छन् ।
पूर्वअर्थमन्त्रीहरुसँग आइतवार भएको छलफलमा मन्त्री शर्माले तत्कालका लागि सरकारको प्राथमिकतामा रहेको खोप अभियानमा लगानी केन्द्रित हुने बताए ।
कोरोना महामारीबाट थलिएको अर्थतन्त्रलाई पुनर्जीवन दिन राष्ट्रिय सहमतिको आवश्यकता रहेको उल्लेख गर्दै उनले राष्ट्रिय सहमति विना राष्ट्रिय संकटबाट मुक्ति पाउन गाह्रो हुने बताए । उनले पूर्ण खोप अभियानको सफलताले नै अर्थतन्त्रलाई पुनर्जीवन दिने भन्दै खोपसँगै आर्थिक पुनरुत्थानले पनि गति लिने बताए ।
उनले परिस्थितिको संकट पार लगाउन सकिएमा अर्थतन्त्रको संकट सजिलै समाधान गर्न सकिने बताए । विकास बजेट कटाएरै भएपनि खोप खरीद गरेर आर्थिक गतिविधि चलायमान बनाउने कामलाई प्राथमिकता दिइएको उनको भनाइ छ ।
राज्यका सबै क्षेत्रमा आत्मनिर्भरता संभव नभएपनि स्रोत व्यवस्थापनमा आत्मनिर्भर हुनैपर्ने भन्दै मन्त्री शर्माले त्यसको लागि औद्योगिक उत्पादन वृद्धि गर्ने गरी नीतिगत व्यवस्था आउने उनको भनाइ थियो । उपभोगमुखी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा बदल्ने सोंचका साथ आफूले काम गरिरहेको उनले बताए ।
कार्यक्रममा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले पूँजीगत खर्च नबढ्नुमा विकासे मन्त्रालयहरु या अर्थ मन्त्रालयको कुनै कमजोरी छ कि भन्ने कुराको गम्भिर समीक्षा गर्न आवश्यक रहेको बताए । उनले व्यापार क्षेत्रबाट रोजगारी सृजना नहुने भएकोले उद्योग क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्न सुझाव दिए ।
पूर्व अर्थमन्त्री वर्षमान पुनले कोरोना महामारीको असर अझै बाँकी रहेको र तस्रो लहर देखिने अनुमान भइरहकोले राष्ट्रिय गौरवका आयोजना र अन्य केही प्राथमिकताका आयोजनामा ध्यान केन्द्रित गरी खोप खरीदलाई प्राथमिकता दिनुपर्ने बताए । उनले कोराोना महामारीबाट नराम्ररी प्रभावित भएको उत्पादनमूलक क्षेत्रको लागि राहत प्याकेज ल्याउन पनि सुझाव दिए ।
पूर्वअर्थमन्त्री शंकर प्रसाद कोइरालाले अध्यादेश बजेट नै अघि बढाउनुपर्ने अवस्था आएमा त्यसको पुरकको रुपमा केही आर्थिक कार्यक्रमसमेटिएको नीतिपत्र जारी गरेर काम गर्न सकिने सुझाव दिए ।
उनले अर्को बजेट ल्याउन सम्भव नदेखिएको भन्दै उनले कृषि, जलस्रोत, पर्यटन, हस्तकला र जडीबुटीजन्य उद्योगलाई प्राथमिकतामा राखेर काम गर्न सुझाव दिए ।
उनले ४० लाख डिम्याट खाता खुलिसकेको पुँजी बजारलाई स्वतन्त्र छाडेर अन्य क्षेत्रमा सुधारात्मक कदम चाल्न सकिने पनि बताए । आर्थिक अभियानबाट